कात्तिक
२५, म्याग्दी । हिजोआज सहरबजारका गन्यमान्यका बिच कोदो तथा कोदोबाट बनेको परिकार
प्रिय बन्न थालेको छ । केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदोको माग
आज भोली सहर बारमापनि बढ्दो छ । कोदोको
माग बढ्दै गर्दा पहाडी जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार हुन सुरु भएको छ ।
म्याग्दी
जिल्लामा पनि कोदो खेती बिस्तार भएको छ । व्यापारीहरु गाडी लिएर सहरबजारबाट कोदो
खोज्दै गाउँगाउँमा नै आउन थालेपछि जिल्लाको पश्चिमी भेग मङ्गला, मालिका
र
धवलागिरि गाउँपालिकामा कोदोखेती बिस्तार गरिएको हो । मालिका गाउँपालिका–२ का किसानहरुका अनुसार कोदो
टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेश्की दिएर जान थालेका छन ।
अहिले मालिका
गाउँपालिका–६ का धेरै
जस्तो सथानमा जताततै कोदो लगाइएको पइन्छ । गत वर्ष यहाँका स्थानीयले दुई सय
मुरीभन्दा बढी कोदो उत्पादन गरेका थिय । यस वर्ष साढे तीन सय मुरी कोदो उत्पादन गर्ने लक्ष्यका साथ कोदोखेती
विस्तार गरिएको छ । यस वर्ष गत वर्षको
भन्दा एक सय २० रोपनी बढी जग्गामा कोदोखेती विस्तार गरिएको छ ।
सहर
बजारमामा कोदोको माग उच्च हुन थालेपछी वर्षै देखि बाँझो रहेको बारीमा किसानले
पुन: कोदो खेती सुरु गरेका छन ।
- न्युज बहार संवाददाता