Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

टमाटर खेतीबाट राम्रो कमाइ गर्दै किसान

  •   २ वर्ष अघि | ३ पुस २०८१, बुधबार

पुस ३, सर्लाही । तरकारी उत्पादनको हिसाबले सर्लाही जिल्लाको उत्तरी क्षेत्र निकै परिचित ठाउँ हो।

सर्लाहीसहित देशका मुख्य बजारसम्म यस क्षेत्रमा उत्पादित हरियो तरकारी पुग्ने गरेको छ।

अन्य तरकारीसँगै टमाटर खेतीबाट यहाँका किसानले मनग्य आम्दानी लिने गरेका छन्। त्यसैमध्येका एक कृषक हुनुहुन्छ, सर्लाही जिल्ला हरिवन नगरपालिका, गणेशचोक निवासी ५९ वर्षका कामिल मिकरानी। मिकरानीका अनुसार टमाटर खेतीबाट बर्सेनि पाँच लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ।

व्यापार छोडेर मिकरानीले टमाटर खेती सुरु गरेका हुन ।

उनले सुरुमा थोरै मात्र तरकारी र त्यसमा पनि टमाटर लगाउने गरेको थिएपछि उनी आफ्नो कपडाको व्यापार छोडेर पुरै समय कृषिकर्ममा लागेका हुन ।'

अहिले दुई बिघा जमिनमा मिकरानीले टमाटर खेती गरिरहेका छन्।

उनका अनुसार अहिले एक बिघामा चिउरी र एक बिगामा कविता जातको टमाटर रोपेका छन । राम्रो भाउ आउने समयमा उत्पादन गर्ने गरि टमाटर लगाउन सके टमाटरबाट राम्रो पैसा हुने उनले बताए ।

  • न्युज बहार संवाददाता

थप