Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अम्रिसो (कुचो)को निर्यातमा आस लाग्दो बृद्धी ।

आम्दानि को राम्रो स्रोत बन्दै अम्रिसो ।

  •   ४ वर्ष अघि | १४ फाल्गुन २०७९, आइतवार

फागुन १४, काठमाडौँ । नेपालबाट ८५ लाख ६० हजार किलोग्राम अम्रिसो (कुचो) चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा निर्यात भएको छ । भन्सार विभागमा भएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउन महिनादेखि माघ महिनासम्मको अवधिमा उक्त परिमाणको अम्रिसो कुचो निर्यात भएको हो । यस निर्यात बापत निर्यातकर्ताले ५४ करोड ६९ लाख ५४ हजार रुपैयाँ विदेशी रकम नेपाल भित्र्याएका छन् । नेपालबाट निर्यात भएको सबै अम्रिसो कुचो भारततर्फ गएको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको अवधिमा ३६ करोड ५६ लाख ७७ हजार रुपैयाँको अम्रिसो निर्यात भएको भन्सार विभागमा भएको तथ्यांकले देखाएको छ । उक्त अवधिमा नेपालबाट ७३ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको तथ्यांकले जनाएको छ ।

चालू आर्थिक वर्षको ७ महिनामा गत वर्षको तुलनामा अम्रिसोको निर्यात बढेको देखिएको छ । गत वर्षको यही अवधिको तुलनामा १८ करोड रुपैयाँभन्दा धेरै रकमको अम्रिसो निर्यात भएको भन्सार विभागमा भएको तथ्यांकले देखाएको छ ।

थप