बैशाख ६, झापा । भाजी र माटेसागमा अत्याधिक विषादीको मात्रा भेटिएको छ ।
नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजारमा बिक्रीका
लागि ल्याइएका ल्याइएको उक्त सागमा विषादी
भेटिएको नेपालगञ्जस्थित कृषि विभाग, केन्द्रीय
कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले जनाएको छ । प्रयोगशालाका अनुसार बजारबाट सङ्कलन गरेर ल्याइएका तरकारीको
नमूना परीक्षण गर्दा भाजी र माटेसागमा विषादीको मात्रा फेला परेको हो ।
गत चैतमा विषादी परीक्षणका लागि प्रयोगशालामा
ल्याइएको भाजीको साग एक र माटेसागको दुईमा नमूना परीक्षण गर्दा विषादीको मात्रा
अधिक (रेड लेबल) पाइएको र उपभोग गर्न नमिल्ने भएको हो । बाँकेकौ हिरमिनिया क्षेत्रमा उक्त साग उत्पादन
भएर रानीतलाउ तरकारी बजारमा बिक्रीका लागि ल्याइएको थियो ।
चैतमा रानीतलाउबाट तरकारीजन्य वस्तुको नमूना सङ्कलन
गर्दा धेरैजसो गुणस्तरीय नै पाइएको तर भाजी र माटेसागको तीन वटा नमूनामा मात्रै विषादीको मात्रा
भेटिएको हो ।
नेपालका विभिन्न जिल्ला र भारतबाट नेपालगञ्ज आउने
तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच प्रयोगशालामा हुने गरेको छ ।
- न्युज बहार संवाददाता