Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जुम्लामा पनि लम्पी स्किन रोगले मर्न थाले गाईभैँसीहरु।

  •   ३ वर्ष अघि | १८ असार २०८०, सोमवार

असार १८, जुम्ला । नेपालको हिमाली जिल्ला जुम्लाका गोठहरुमा पनि लम्पी स्किन रोगको सङ्क्रमण भेटिएको छ । जुम्लाको तिला गाउँपालिका–२ बस्ने धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिएका हुन । 

यस रोगको सङ्क्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेको उनले बताएका छन। रोगलाई नियन्त्रण गर्न र अन्य  गाईगोरुमा सर्न नदिनका लागि गाउँपालिकालाई आवश्यक औषधि उपचारको व्यवस्थापनका लागि अनुरोध गरिएको नेपालीले बताएका छन।

यता तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले पालिकाका केही वडामा लम्पी स्किन रोगबाट गाईगोरु मरेको जानकारी आएको र रोगबाट बढी प्रभावित क्षेत्रलाई प्रथामिकतामा राखि आवश्यक प्रकृया सुरु गरि उपचार थालिएको जनाएका छन। पशु सेवा कार्यालय जुम्लाको सहकार्यमा बढी प्रभावित क्षेत्रमा तत्कालका लागि औषधि ल्याई पशु प्रविधिकलाई स्थलगतरुपमा खटाई उपचार सुरु गरिएको समेत जनाएका छन।

  • न्युज बहार संवाददाता

थप