Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

व्यावसायिक मौरीपालनमा रमाउँदै, कमाउँदै

  •   २ वर्ष अघि | २३ मंसिर २०८१, आइतवार

मंसिर २३, दाङ । व्यावसायिक रूपमा  मौरीपालन गरेका दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसकेको छ । उनले व्यावसायिक मौरीपालनबाट एक याममा रु १२ लाखको मह बेच्ने गरेका छन । उनको दैनिकी सधैँ जसो मौरीको हेरचाहमा नै बित्ने गरेको छ । 

उद्यमी मगरको मौरी फार्ममा दुई सय घार क्षमता छ । तर अहिल उनको फर्ममा ८६ मौरीसहितका घार रहेका छन । उनका अनुसार वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको र परिवारले यस कार्यमा सहयोग गर्दै आएका छन ।

मगरले सुरुमा रोल्पा हुँदा मौरीपालन तालिम लिएका थिए । तालिमपछी उनी व्यावसायिक मौरीपालनमा लागेको थिए । उनले उत्पादन गरेको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ भने धेरैजसोले घरमा  नै आएर मह किनेर लैजाने गरेका छन । किसान मगरका अनुसार मौरीपालनमा चोखो आम्दानी हुन्छ त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएका छन । अहिले उनको फार्ममा मेरीफेरा, युरोपिय, सेरेना,इटालियन, जातका मौरीका घार छन् । 

उनले मौरीपालनबाट वार्षिक रु १२ लाख आम्दानी गर्ने गरेका छन । 

  • न्युज बहार संवाददाता

थप