Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण

  •   १ वर्ष अघि | २ जेष्ठ २०८२, बिहिबार

जेठ २, तनहुँ । एक सय किसानलाई तनहुँ  जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । किसानको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार वितरण गरिएको हो । 

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तीन दिनको मौरीपालनसम्बन्धी तालिम दिएसँगै मौरीसहितको घार उपलब्ध गराइएको हो । पालिकाले किसानलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँदै आम्दानीतर्फ आकर्षित गराउन सीपमूलक र आयआर्जन क्षेत्रमा प्राथामिकता दिँदै आएको हो । 
पालिका कार्यालयका अनुसार गाउँपालिकाले मह, तेल र दालमा आत्मनिर्भर बनाउनका लागि पकेट क्षेत्रका रूपमा विकास गर्दै खेतीलाई विस्तार गर्दै लागेको छ । 

  • न्युज बहार संवाददाता

थप