असार ७, इलाम
। ग्रामीण किसानको जीवनस्तर उकास्न इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले बाख्रा
वितरण गरेको छ । बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा
उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ माङसेबुङ गाउँपालिकाले वितरण
गरेको हो ।
२५
प्रतिशत किसानको लागत साझेदारी तथा कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन
कार्यक्रमअन्तर्गत ७५ प्रतिशत सरकारको अनुदानमा बाख्रा वितरण गरिएको हो ।
यस
कार्यक्रमअन्तर्गत उक्त वडाका सरस्वती बाख्रापालन समूह, सगरमाथा बाख्रापालन समूह
र
मिलीजुली बाख्रापालन समूहले प्रतिसमूह २६ वटाका दरले ७८ वटा उन्नत जातका पाठी र
प्रतिसमूह दुईवटाका दरले छ वटा ब्याडेबोका पाएका छन् ।
१३ जना
किसान प्रत्येक समूहमा आबद्ध छन् ।
- न्युज बहार संवाददाता