साउन ३१,
भोजपुर । पौवादुङमा गाउँपालिकाका धनकुमार राई आफ्नै ठाउँमा केही गर्ने अभिलासाले लामो
समयदेखि कृषि व्यवसाय गर्दै आएका छन् । उनले कृषी पेसामा
करिब १८
वर्षदेखि लागेका हुन्।
राईले सदरमुकाम नजिकै टक्सारमा तीन वर्ष अघि साढे छ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले तरकारी व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने भएकोले यसलाई थप विस्तार गरेका हुन ।
राईले भने “विदेश जानुभन्दा स्वदेशमै व्यावसायिक भएर काम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ, वार्षिक रुपमा रु नौ लाखसम्मको तरकारी बिक्री गर्छु, त्यसमा सबै खर्च कटाउँदा वार्षिक रु तीनदेखि रु चार लाखसम्म आम्दानी हुन्छ।”
अहिले उनको तरकारी फर्ममा कुरिलो, गोलभेँडा, बन्दाकोभी, सिमी, काउली तथा विभिन्न बेमौसमी तरकारीहरु छन । कृषक राईले कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको बताए । उनले अहिले महिनामा पाँच-छ जनालाई रोजगारीसमेत दिएका छन ।
उनले स्थानिय स्थरमा उत्पादित कृषि उपजको बजारीकरणमा स्थानिय सरकार र राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने बताए । बजारीकरणको समस्याका कारण कुनै समयमा तरकारी बारीमा कुहिएर जाने अवस्था आउने उनले गुनासो समेत गरे ।
- न्युज बहार संवाददाता