Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि एकै पालिकाबाट पाँच करोड भन्दा बढीको अदुवा बिक्री

  •   २ वर्ष अघि | ८ माघ २०८१, मङ्लबार

माघ ८, रूकुम पश्चिम । यस वर्ष रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा अदुवा उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । उत्पादनमा बृद्धी भएसँगै अदुवाको मूल्य पनि बढेको छ । यस वर्ष गत वर्षभन्दा अदुवाखेती गर्ने किसानको सङ्ख्या भने घटेको छ तर अदुवा उत्पादन भने बृद्धी भएको छ ।

त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनका अनुसार यस वर्ष यहाँबाट करिब छ करोडको अदुवा बिक्री भएको जानकारी दिए हो । किसानले अदुवा बिक्रीबाट मात्र पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । त्रिवेणीमा गाउँपालिकामा दश वटा वडाहरु रहेका छन भने त्याहाँका एक हजार ९५० परिवारले अदुवाखेती गर्दै आएका छन् ।

यस वर्ष पालिकाभर १५ दशमलव छ मेट्रिकटन अर्थात १५ हजार छ सय क्विन्टल अदुवा उत्पादन भएको छ । 

  • न्युज बहार संवाददाता

थप