वैशाख २३, जुम्ला । जुम्लाको स्याउखेतीमा असिनापानीले क्षति पुर्याएको छ । असिनाले जिल्लाको गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा रहेको सबैभन्दा बढी स्याउका बिरुवामा क्षति पुर्याएको छ । स्याउ कृषकका अनुसार स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति विरुवा नष्ट गरेको हो ।
जिल्लामा कुल चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ भने सोह्र हजार घरपरिवार स्याउखेतीमा निर्भर रहेका छन् । कृषि विकास कार्यालयका निमित्त प्रमुखका अनुसार यस क्षेत्रमा गत वर्ष रु ६१ करोड ४१ लाख स्याउ बिक्रीबाट भित्रिएको थियो ।
प्रारम्भिक अनुमानमा असिनाले करिब १० लाख जतिको स्याउमा क्षति पुर्याएको देखिएको छ । कृषि विकास कार्यालयका अनुसार स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर अहिले क्षतिको विवरण तथ्याङ्क सङ्कलन भइरहेको छ । यस वर्ष असिनाले स्याउ उत्पादनमा कमि आउने आँकलन गरिएको छ ।
- न्युज बहार संवाददाता