Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पहिरोले पाखो बनाएको जमिनमा सुन्तला र एभोकाडो खेती

  •   ३ वर्ष अघि | १२ कार्तिक २०८०, आइतवार

कार्तिक १२, म्याग्दी । २२ वर्षअघिसम्म म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । 

विसं २०५८ को बर्खामा आएको पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै बन्ब पुग्यो । पहिरोपछि कल्लेरीको पाखो वनमारा, उत्तीस, अ‍ैसेलु उम्रिएर झाडीमा परिणत भयो । 

विसं २०७८ मा बादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने अर्जुन तिलिजालगायतले कल्लेरी पाखोलाई पुरानै अवस्थामा फर्काउने योजना गाउँलेहरुलाई सुनाए । बाँझिएर बनेको झाडी फाँडेर खनजोत गरी सुन्तला र एभोकाडो खेती गर्ने योजना बादुकवासी र जनप्रतिनिधिलाई मन पर्यो।

बादुक सामूहिक कृषि फार्म स्थापनाका लागी गाउँले, प्रवासी र विवाह गरेर अन्यत्र गएका चेलीबेटीले रु ५० हजारदेखि एक लाख सङ्कलन गरेर अहिले झाडी फाँडेर सुन्तलाको हराभरा बगैँचा बनाएका छन् । 

बादुकका बासिन्दासमेत रहेका वडा सदस्य भक्तबहादुर शेरपुञ्जाले भने, “पहिरोपछि हामीले खेती गर्न छाडेर झाडीमा परिणत भएको कल्लेरीको पाखो यस्तो हराभरा सुन्तलाबारीमा रुपान्तरण गर्न सकिएला भनेर सोचेका पनि थिएनौँ, अहिले सबै गाउँले, विदेशी र छोरीचेली मिलेर झाडी फाँडेर सुन्तला बगैँचा बनाउन सफल भएका छौँ।”

यस क्षेत्रमा अहिले एक सय ३० रोपनी पाखोबारीमा एक हजार पाँच सय बोट सुन्तलाका बिरुवा हुर्किरहेका छन् । पाखोबारीमा सुन्तलासँगै चार सय बोट एभोकाडो पनि लगाइएको थियो तर पहिरोले क्षति गरेर अहिले एभोकाडो एक सय बोट मात्र बाँकी रहेका छन । तीन सय बोट एभोकाडोमा पहिरोले क्षति गरेको छ । यति मात्र हैन त्याहाँका किसानले सुन्तला बगैँचाभित्र तोरीखेती र मौरीपालन समेत गरेका छन् । 

स्थानीय बेगबहादुर पुर्जाले भने “पूर्व फर्किएको कल्लेरीको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त भएकाले व्यावसायिक हिसाबले सामूहिक खेती गरेका हौँ, एउटा घरले झाडी फाँड्न, खनजोत गर्न र सुन्तला लगाउन दुई महिनासम्म श्रमदान गरेका छौँ । अहिलेसम्म सोचेको भन्दा राम्रो भइरहेको छ ।”

फार्मका सञ्चालकहरूको भनाइ अनुसार रोजगारी सिर्जना र गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक सुन्तला खेती गरिएको छ । सुन्तलाबाट आम्दानी नहुँदासम्म जग्गाधनीले जग्गाको भाडा नलिने सहमति गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप