कार्तिक
२०, स्याङ्जा । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा अहिले सयपत्री
फूलको सामूहिक खेती फस्टाउँदै गएको छ ।
१५
स्थानीय मिलेर तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे
बनाउने उद्देश्यले लगाएको सयपत्रीको फूलखेती अहिले चार रोपनी जमिनमा फैलिएको छ ।
स्थानीयको
फूलखेती कार्यक्रमलाई गाउँपालिकाले जिल्लामै ‘नमूना व्यावसायिक फूलखेती’ बनाउने योजनामा रहेर सहयोग गरेको छ ।
तीन वर्ष
पहिले दसैँ तिहारको बीचमा पाँच हजार माला उत्पादन गरेर गाउँपालिकाको कृषि शाखालाई
दिएको नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले जानकारी दिएका
छन ।
पहिलो
वर्ष पालिका आफैँको पूर्ण लगानी भएकाले करिब रु डेढ लाख बराबरको ड्रम र पाइप
आफूहरुलाई दिएको उनले बताए ।
अध्यक्ष थापाले भने, “यस वर्ष तीन हजार पाँच सय बोट सयपत्रीको फुल चार रोपनी जमिनमा लगाएका छौँ, यस वर्ष हावापानी राम्रो भएकाले फूलको
उत्पादन लोभलाग्दो देखिएको छ, हेर्दा लाग्छ फूल बिक्न सक्यो भने राम्रो आम्दानी
हुनेछ ।”
गाउँपालिकाले यस वर्षको फूलखेतीका लागि ५० प्रतिशत अनुदान
दिएको र ५० प्रतिशत आफूहरुले जनश्रमदान गरेको उनले बताए ।
- न्युज बहार संवाददाता