मंसिर
१२, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक रूपमा
९ हजार हेक्टर क्षेत्रफलमा ७२ हजार मेट्रिक टन लसुन खेती हुने गरेको छ । ९ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा आर्थिक वर्ष
२०७९/०८० मा लसुन खेती गरिएको थियो ।
९ हजार ५
सय ७० हेक्टर क्षेत्रफलमा गरिएको लसुन खेतीबाट ७३ हजार ५ सय ६७ सय मेट्रिक टन लसुन
उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
लामो
समयदेखि कन्चनपुर, कैलाली, बर्दिया लगायतका थारु समुदायले खनजोत बिनै लसुन खेती गर्दै आएका
छन् । यसरी खनजोत बिना नै लसुन खेती गर्ने प्रविधि पछिल्लो समय देशका अन्य विभिन्न
स्थानमा पनि देखिन थालेको छ ।
बिशेष त नेपालका पश्चिम तराई क्षेत्रमा जिल्लाहरुमा बिना खनजोत नै लसुन खेती हुँदै आएको छ । हिउँद याममा धान काटिसकेपछि धान काटी सकेर बाँकी रहेको जारा (थोस्न) मा लसुन रोपेर बिना खनजोत नै लसुन खेती गर्ने गरिन्छ । हाल यो प्रविधीबाट नेपालका अन्य स्थानमा पनि लसुन खेति गर्न थालिएको छ ।
- न्युज बहार संवाददाता