Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मकै, धान तथा कोदो लगाइने जमिनमा व्यावसायिक सिमल तरुल खेती

  •   ३ वर्ष अघि | २९ माघ २०८०, सोमवार

माघ २९, इलाम । पछिल्लो समय इलाम जिल्ल चुलाचुलीका अधिकांश किसानहरु सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । किसानले मकै, धान तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा तरुल खेती गरेर मनग्य आम्दानी समेत लिन थाले सुरु गरेका छन ।

चुलाचुली गाउँपालिका–५ का किसान मतिराज राईका अनुसार अन्य बालीभन्दा सिमल खेती गर्न सजिलो र आम्दानीसमेत बढी हुने भएकाले त्यसतर्फ किसानको आकर्षण बढे हो । उनले भने “सिमल खेती गर्न बढी मेहनत गर्नुनपर्ने र अन्य खेतीभन्दा सजिलो छ त्यसैले यसको खेतीतर्फ किसानको आकर्षण बढेको हो।”

सिमल खेती थोरै लगानीमा गर्न सकिने र यसबाट राम्रो आम्दानी लिन सकिने भएकाले यहाँको किसानको रोजाइमा परेको हो । एकल तथा सामूहिकरुपमा व्यावसायिक सिमल यहाँका किसानले खेती गर्दै आएका छन् । चुलाचुली–४ का किसान धनबहादुर योगीका अनुसार घरमा खाजाका लागि रोपण हुँदै आएको सिमल तरुलको माग पछिल्ला दिनमा बजारमा बढेसँगै व्यावसायिक खेती विस्तार हुन थालेको छ । भने पहिले पहिले सिमल घरमा खाजा खानका लागि मात्र रोप्ने गरिन्थ्यो, तर पछिल्लो समय यसको बजारमा माग बढेपछि अन्य खेती मासेर व्यावसायिक रूपमा नै यसको खेती गर्न थालिएको छ । 

  • न्युज बहार संवाददाता

थप