Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

परम्परागतरूपको खाद्य बाली छोडेर नगदे बालीका रूपमा व्यावसायिक आलुखेती

  •   ३ वर्ष अघि | २४ पुस २०८०, मङ्लबार

पुस २४, म्याग्दी । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका बेनी नगरपालिका४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा व्यावसायिक आलुखेती गरेका छन् ।

एक सय रोपनी बढी खेतबारीमा आलु लगाएको र अहिले आलु गोडमेल गरिरहेको ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुना खत्रीले बताईन । उनका अनुसार आगामी माघमा आलु खनेर बजार पठाउने तयारी भइरहेको र बोट राम्रो भएकाले फल पनि राम्रो हुने आशा गरेका गरिएको छ ।  अहिले सिङ्गाको फुर्केसल्ला, डाँडाखेत, राक्सेलगायतका बस्तीमा हिउँदे आलुको व्यावसायिक खेती गरिएको छ ।

चालु आर्थिक वर्ष २०८०-०८१ मा जिल्लामा खेती गरिने प्रमुख बालीमध्येमा पर्ने आलुखेतीबाट जिल्लालाई आत्मनिर्भर बनाउन जिल्लामा आठ सय रोपनी बढीमा हिउँदे आलुखेती गरिएको छ । खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रममार्फत हिउँदे आलुमा आत्मनिर्भर बनाउने तयारी कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाले गरेको हो ।

ठूलोखोकी अगुवा किसान मैना खड्काले विगतका वर्षहरूमा गहुँ, जौँलगायतका खाद्य बाली लगाउने भए पनि यस वर्ष खायन आलु प्रवर्द्धन कार्यक्रमले किसानलाई अनुदान दिएपछि आलुखेतीलाई व्यावसायिकरूपमा लगाएको बताए । कृषि ज्ञान केन्द्रका प्रमख सञ्जीव बाँस्तोलाका अनुसार हिउँदमा आलुको आयात घटाउने र आत्मनिर्भर गराउने लक्ष्यअनुसार खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको हो भने यस वर्ष हिउँदे आलुको खेती विस्तार गर्न २० वटा समूह र एक सहकारी खायन आलुको अनुदानका लागि छनोट भएका छन ।

जिल्लामा थप एक हजार रोपनीमा बर्खे आलुखेती विस्तार यस कार्यक्रमअन्तर्गत हुने बताइएको छ । आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको थियो । कार्यालयले उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुनआएका किसान समूह र सहकारीलाई आलुको बीउ र उपकरण खरिदमा प्रतिरोपनीमा रु १० हजारका दरले अनुदान दिएको जाकारी दिएको छ । 

कार्यालयका अनुसार कार्यालयबाट खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत हिउँदे आलुमा मङ्गला, बेनी नगरपालिका, मालिका र धवलागिरि गाउँपालिकाका किसानले अनुदान पाएका छन् भने बर्खे आलुमा अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका समेत समेटिएको छ ।

जिल्लामा हाल उत्पादन हुने आलुमा स्थानीय सेतो, कार्डिनल,रातो जातको आलु, निलो, र एमएस ४२ रहेका छन । 

  • न्युज बहार संवाददाता

थप