Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कालीमाटी बजारमा काउलीको मूल्य घट्यो

  •   १ वर्ष अघि | १७ भदौ २०८२, मङ्लबार

भदौ १७, काठमाडौँ । कालीमाटी बजारमा काउलीको मूल्य घटेको तथ्यांक फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको छ।

समितिका अनुसार बजारमा हाल स्थानीय र तराई क्षेत्रबाट आएका दुई प्रकारका काउली उपलब्ध छन्।

भदौ १७ गते मंगलबार, कालीमाटी बजारमा स्थानीय काउली प्रतिकिलो ६५ देखि ७५ रुपैयाँ र तराई काउली प्रतिकिलो ५५ देखि ६५ रुपैयाँमा बिक्री भइरहेको छ भने गत साता मंगलबार स्थानीय काउलीको थोक मूल्य १०० देखि ११० रुपैयाँ र तराई काउलीको ९० देखि १०० रुपैयाँ प्रतिकिलो रहेको थियो।

व्यवसायीहरूका अनुसार अहिले काउलीको अफसिजन चलिरहेको छ, जसमा अहिले बजारमा काउली मुख्यतया पालुङलगायत केही सीमित क्षेत्रबाट मात्र आपूर्ति भइरहेको छ।

हाल बजारमा काउलीको आपूर्ति बढेको हुँदा मूल्यमा गिरावट आएको व्यवसायीहरूले बताएका छन्। मूल्यमा घटबढ आपूर्तिको अवस्था अनुसार हुने गरेको स्पष्ट भएको छ।

  • न्युज बहार संवाददाता

थप