Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अलैँची घर भित्र्याउन भ्याइनभ्याइ

  •   ३ वर्ष अघि | २१ कार्तिक २०८०, मङ्लबार

कार्तिक २१, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका किसानलाई अहिले अलैँची घर भित्र्याउन भ्याइनभ्याइ परेको छ ।

किसानहरु दसैँ सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त रहेका छन् । असोज–मङ्सिर महिना ताप्लेजुङमा अलैँची थक्याउने मुख्य समय हुने गर्दछ । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा अलैँची खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि अलैँची टिप्ने काम सुरु हुन्छ भने लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपिन्छ ।

किसानलाई अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले चटारो परेको छ । पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले अलैँची सङ्कलन ढिलो भएमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको बताए ।

उहाँले अलैँची थन्क्याउने यामका कारण चाडपर्व सहज गरी मनाउनै नपाएको समेत बताए । फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका वसन्त लिम्बूले मुख्य याम भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको बताए । अलैँची बगानमै तिहार मनाउने उहाँको योजना छ ।  

  • न्युज बहार संवाददाता

थप