असोज २४, तुलसीपुर । दाङ अधिकांश किसानले लगाएको धानबालीमा यतिबेला कालो पोके रोग देखा पर्न थालेको छ । दाङमा हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा कालो पोके रोग देखा परेको छ । धानका बोटमा यो रोग लागेपछि कालो पोको हुने र धानको गेडा नष्ट गर्ने गर्दछ । यस रोगले दान उत्पादन घट्ने भएपछि अहिले किसान चिन्तित बनेका छन् ।
युएस ३१२ जातको धान यसअघिका वर्षमा उत्पादन बढी हुने र रोग पनि नलाग्ने भएकाले यसवर्ष पनि दाङमा यही धान लगाइएको थियो ।
धेरै किसानको रोजाइमा यही धान पर्ने र यो धानले धेरै उत्पादन दिने गर्दछ । यस वर्ष हावापानी नमिल्दा यसरी धानमा रोह देखिएको स्थानियहरु बताउँछन । स्थानियहरु भन्छन ‘धेरै उत्पादन हुन्छ भनेर यही धान लगायौँ, यस वर्ष समयमा पानी नपर्दा, मौसममा आएको परिवर्तनलगायत कारणले होला यसरी रोग लागेको।’
यता दङ्गीशरण गाउँपालिकाका प्राविधिक सहायक मानबहादुर डाँगीले कालो पोको बीउबाट लाग्ने रोग भएकाले अब उपचार गर्न सम्भव नभएको बताएका छन ।
- न्युज बहार संवाददाता