Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मकै लगाउने सिजन नजिकिँदै गर्दा मकै खेती बजारीकरण तथा प्राविधिक तालिम सम्पन्न

  •   ३ वर्ष अघि | १६ फाल्गुन २०८०, बुधबार

फागुन १६, काठमाडौँ । लुम्बिनी प्रदेशका मकै पकेट क्षेत्रहरूमा मकै लगाउने सिजन नजिकिँदै गर्दै गर्दा मकै खेती बजारीकरण तथा प्राविधिक तालिम सम्पन्न भएको छ।

'पोल्ट्रीको लागि साझेदारी कार्यक्रम' अन्तर्गत मकै खेती प्रवर्द्धनका लागि  एक दिवसीय तालिम सम्पन्न भएको हो।

माघ २३ गते हिमपात साना किसान सहकारी चन्द्रौटाको स्थानीय व्यवस्थापनमा मकै खेतीसम्बन्धी तालिम कपिलवस्तुबाट सुरू गरिएको थियो।

श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले त्यसपछी विभिन्न क्षेत्रमा तालिम दिइ सोमबार बाँकेमा मकै खेती सम्बन्धी तालिम दिएर तालिम कार्यक्रम सम्पन्न गरिएको जानकारी दिएको छ।

तालिममा ६ सय बढीको सहभागिता रहको श्रीनगरले जनाएको छ । 

दाना उत्पादनमा मात्र पोल्ट्री क्षेत्रमा विश्वास कमाएको श्रीनगरले ५ देखि ६ हजार मेट्रिक टन मकै खरिद गर्दै आएको छ।

श्रीनगरले साना किसान सहकारीसँगको सहकार्यमा उद्योगलाई दाना उत्पादन गर्दा आवश्यक पर्ने कच्चा पदार्थको स्वदेशमै आपूर्ति बढाउन प्रवर्द्धनको कार्यक्रम अगाडि बढाएको हो।

 

  • न्युज बहार संवाददाता

थप