Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गण्डकीमा वर्षेनी घट्दै रोपाइँको क्षेत्रफल र धान उत्पादन।

  •   ३ वर्ष अघि | २२ असार २०८०, शुक्रबार

असार २२, गण्डकी । बर्सेनि गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल घट्दै जाने क्रममा रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकोमा गत आर्थिक वर्षमा धान खेतीको क्षेत्रफल घटेर एक लाख चार हजार छ सय ३२ हेक्टरमा मात्र सीमित बबन्न पुग्यो। 

अझ अच्चमको कुरा त यस वर्ष गत आर्थिकको तुलनामा अझ घटेर ९७ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा मात्र वर्षे धान लगाइने अनुमान प्रदेशको कृषि विकास निर्देशनालय गरेको छ । बर्सेनि घट्दै गरेको रोपाइँको क्षेत्रफलले धान उत्पादनमा पनि गिरावट आइरहेको तथ्याङ्कले देकाएको छ । 

गत आर्थिक वर्षको तुलनामा यो वर्ष तीन दसमलव ७४ प्रतिशतले धान कम फलेको थियो । चालु आवमा तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । निर्देशनालयको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । 

  • न्युज बहार संवाददाता

थप