Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वार्षिक डेढ करोडको केरा बिक्री

  •   १ वर्ष अघि | २० चैत्र २०८१, बुधबार

चैत २०, चितवन । यति बेला चितवनको कालिका नगरपालिका–२, पदमपुरका ५३ वर्षीय नवराज तिमल्सेना र उनको समूहलाई भ्याइनभ्याई भइरहेको छ । उनीहरू अहिले केरा खेतीबाट केरा निकाल्नमा व्यस्त छन् रहेका छन । उक्त केरा खेती ७५ बिघा जमिनमा फैलिएको छ । अहिले हालै थप गरिएको ८० बिघा जमिनमा बिरूवा रोप्न पनि भ्याइनभ्याई भइरहेको छ ।

दाङमा ठूलो क्षेत्रफलमा दुई वर्षदेखि नवराजसहित चितवनकै नीरबहादुर तामाङ, कृष्णप्रसाद दाहाल र राजाबाबु मिलेर व्यावसायिक केरा खेती गरिरहेका छन । विगतदेखि नै यी चारै जनाले चितवनमा केरा खेती गरिरहेका थिए ।

उनीहरू आलोपालो गरेर केरा खेतीको हेरचाह गर्छन ।

केरा खेतीका लागि उनिहरुले स्कुलको जग्गा प्रतिकट्ठा मासिक ६२३ रुपैयाँका दरले टेन्डरमा पारेका थिए भने त्यसबाहेक व्यक्तिका जग्गा प्रतिकट्ठा मासिक एक हजारदेखि १५ सय रुपैयाँसम्ममा भाडामा लिएका छन् ।

बजार राम्रो पाउने भएकाले ९० प्रतिशत जति ‘मालभोग’ जातको केरा लगाइएको तिमल्सेनाले जनाएका छन । ‘मालभोग’ बाहेक याहाँ ‘जिनाइन’ जातको केरा पनि लगाइएको छ ।

उनका अनुसार मालभोग केराको बिरुवाले १२ देखि १४ महिनामा उत्पादन दिन्छ भने पहिलोपटक केरा रोपेको १४ महिनामा सबै उत्पादन बजार पुर्‍याएको थियो । 

तिमल्सेना लगायत समुहले गत वर्ष झन्डै डेढ करोड रुपैयाँको केरा बेच्न सफल भएका थिए । यस वर्ष दुई करोड रुपैयाँको बिक्री हुने अनुमान गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप