Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आचार उद्योगबाट वार्षिक रु छ लाख बढी आम्दानी

  •   ३ वर्ष अघि | १४ असोज २०८०, आइतवार

असोज १४, झापा । झापा जिल्ला गौरादह नगरपालिका–५ मा रहेको नमूना एकीकृत सहकारी खेती बीउ उत्पादन समूहमा आबद्ध महिलाहरुले पापड, अचार लगायत छवटा नमूना उद्योग सञ्चालन गरिरहेका छन् ।

स्थानीय क्षेत्रमा उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने र आफूपनि स्वरोजगार बन्ने उद्देश्यले उद्योग सञ्चालन गरेको सहकारीमा आबद्ध महिलाहरुले बताएका छन् । छवटा नमूना उद्योग मध्ये अहिले आचार उद्योग भने राम्रैसँग फस्टाएको छ । महिलाले आचार बिक्रीबाट मात्र वार्षिक रु छ लाख बढी आम्दानी गर्दै आएका छन् ।

नमूना आचार उद्योगकी अध्यक्ष सकुन्तला प्याकुरेलले चार वर्षअघिदेखि सहकारीमा आबद्ध सेयर सदस्यले उत्पादन गरेका अग्र्यानिक कृषिजन्य वस्तु कागती, आँप, गाँजर, तामा, जलपाई र चारपाटे, अकबरे खुसार्नीलगायत विभिन्न प्रकारका आचार उत्पादन गर्दै आएको बताए । इलाम, पाँचथरबाट अकबरे खुर्सानी खरिद गरेर ल्याउने गरेको उनले बताए ।

उनले पर्यटकलाई दैनिकजसो मुलुकका विभिन्न स्थानका सङ्घसंस्थाबाट भ्रमणमा आउन थालेपछि यस क्षेत्रको कोसेली हुने र आम्दानीको स्रोत पनि बन्ने देखेर नमूना अचार उद्योग सञ्चालन गरेको बताएकी छन ।

रु १८ हजार लगानीबाट सुरुमा छजना महिला मिलेर सुरु गरेको आचार उद्योगको हाल आफ्नै भवनसहित सुविधासम्पन्न अचार बनाउने औजार र ल्याबसहित रु ३५ लाख बराबरको सम्पत्ति रहेको छ । अहिले आचार बिक्रीमार्फत वार्षिक रु छ लाख आम्दानी हुने गरेको छ ।

थप