Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वैकल्पिक आम्दानीको स्रोत बन्दै अम्रिसो खेती

  •   २ वर्ष अघि | २५ मंसिर २०८१, मङ्लबार

मंसिर २५, नवलपरासी । अम्रिसो खेतीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला गैँडाकोट नगरपालिकाको पहाडी गाउँका कृषकले मनग्य आम्दानी गर्ने गरेका छन । गैँडाकोट नगरपालिका वडा नम्बर ३ र १८ का किसानले लगाएको अम्रिसोले भू–क्षय तथा पहिरो रोकथाममा सहयोग गर्नुका साथै वैकल्पिक आम्दानीको स्रोत पनि बन्दै गएको छ ।

अहिले वडामा भिरालो जमिनमा अम्रिसोखेती गर्ने किसानहरू बढ्दै गएका छन भने यसले पहिरो रोकथाममा समेत सहयोग गर्ने विश्वास रहेको छ । 
वडाका बसेनी, दमार लगायत स्थानका किसानले सिँचाइ अभाव भएका क्षेत्रमा वैकल्पिक बालीका रुपमा रूपमा अम्रिसोखेती गरिरहेका छन् । सिँचाइ अभाव भएका ठाउँमा अन्य खेती नहुने र अम्रिसो लगाएपछि बारी बाँझो पनि नरहेन तथा बर्खामा परेको पानीले जमिन कटान हुनबाट रोक्ने भएकाले अहिले किसानहरु यसतर्फ आकर्षित हुन थालेका छन ।  अहिले जिल्लामा अम्रिसो खेती गर्ने किसान बढ्दो छन ।
यसरी अम्रिसोखेती गर्न चाहने किसानलाई पालिकाले सहजीकरण गरेर बिरुवा उपलब्ध गराइरहेको छ । आम्दानी पनि हुने भएकाले पछिल्लो समय किसानको जीविकोपाजर्नमा वैकल्पिक आम्दानीको स्रोत अम्रिसो खेती बन्दै गएको छ ।  अम्रिसोका लागि मेहनत बढी गर्नु नपर्ने भएर खेती गर्न पनि सजिलो हुने  किसानहर बताउँछन ।
घर सफा गर्ने कुचो अम्रिसोबाट बनाएर बिक्री गरिने हुनाले यसमा बजारको अभाव हुँदैन ।  यहाँको अम्रिसोको कुचो नवलपुर बजार क्षेत्र, नारायणगढ, बुटवलका व्यापारीको सहयोगमा भारत र बङ्गलादेशसम्म पुग्ने गरेको छ ।

  • न्युज बहार संवाददाता

थप