Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सबै बालीको चालु आर्थिक वर्षमा उत्पादन बढ्ने अनुमान

  •   २ वर्ष अघि | १४ जेष्ठ २०८१, सोमवार

जेठ १४, काठमाडौँ । सबै बालीको चालु आर्थिक वर्षमा उत्पादन बढ्ने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण २०८०/०८१ मा नगदेबालीका रूपमा रहेका आलु र तेलहन बालीको उत्पादन ५.०७ प्रतिशत र धान, मकै, गहुँ लगायत खाद्यान्न बालीको उत्पादन ४.३६ प्रतिशतले बढ्ने अनुमान गरिएको हो । 

यस्तै, दलहन बाली ४.७९ प्रतिशत, औद्योगिक बालीको उत्पादन ४.६३ प्रतिशत, फलफूल बाली ०.६७ प्रतिशत, मसलाबाली ३.७४ प्रतिशत, र तरकारी ०.५२ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ ।

कृषि बाली लगाइएको क्षेत्रफलमध्ये चालु आर्थिक वर्ष खाद्यान्न बाली लगाइएको क्षेत्रफलको हिस्सा उच्च रहेको छ भने गत आर्थिक वर्षको तुलनामा तरकारी बालीको हिस्सामा केहि वृद्धि भइ खाद्यान्न बालीको हिस्सामा भने सामान्य कमी आएको आर्थिक सर्वेक्षणले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप