Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बेमौसमी वर्षा भएपछि दुखि किसान, काटेको धान खेतमै भिज्यो

  •   ३ वर्ष अघि | ३० असोज २०८०, मङ्लबार

असोज ३०, कैलाली । कैलालीका किसानहरू बेमौसमी वर्षा भएपछि दुःखी भएका छन्। किसानलाई धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले चिन्तित बनाएको हो। धान पाकेर भित्र्याउ जुटेका किसान हिजो सोमबार दिउँसोबाट वर्षा सुरु भएपछि बाली नोक्सान हुने पीरले चिन्तामा छन्।

काटेर सुकेको धान पानीमा भिजेको टीकापुरका किसान निर्मल विकले बताए । पानी पर्ने सूचना पाएपछि उनले तुरुन्तै धान थ्रेसिङ  गर्ने (दाउने) तयारी गरेर ट्रयाक्टर खोजे तर पाउन सकेकन यसै कारण निर्मलको सुकेको धान खेतमै भिजेको छ ।  कैलालीका अन्य किसानको दुख पनि विकको जस्तै छ।

पछिल्ला तीन वर्षयता कैलालीको किसानले हरेक वर्ष आउने बेमौसमी वर्षाका कारण धानबाली राम्ररी भित्र्याउन पाएका छैनन्। कैलालीमा अधिकांशको काट्न बाँकी रहेको, अधिकांश किसानले धान काटेको अवस्था छ । किसान यस्तो बेलामा आएको वर्षाले खुसी हुनसकेका छैनन्।

थप