Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

सरकारी सेवानिवृत्त भएपछी सुन्तलाको व्यवसायीक खेतिमा रमाउँदै

  •   ८ महिना अघि | १० मंसिर २०८०, आइतवार

मंसिर १०, तनहुँ । पछिल्लो समय तनहुँ दमौली म्याग्दे गाउँपालिका२ उमाचोक निवासी रामबहादुर थापा सुन्तला खेतीमा व्यस्त छन् । उनले कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि पूर्णरूपमा सुन्तला खेतीमा लागिरहेका छन् ।

५६ रोपनी क्षेत्रफलमा उमेरले छपन्न लागेका थापाले व्यावसायिकरूपमा सुन्तला खेती गरेका हुन्। बर्सेनि चार सय बोट सुन्तलाबाट रु २५ लाखभन्दा बढी आम्दानी भइरहेको उनी बताउँछन। 

थापा सुन्तला खेतीमार्फत मनग्य आम्दानी गर्दै आएका सफल कृषी व्यवसायी मात्रै नभएर कृषिविज्ञ पनि हुन् । ३५ वर्ष सरकारको कृषि प्रसार अधिकृतका रूपमा काम गरेर सेवानिवृत्तपश्चात पुख्र्यौली पेसा सुन्तला खेतीमा आफूलाई समाहित गरी निरन्तर अगाडि बढेको छु, उनले भने, सुन्तला खेतीबाट मनग्य आम्दानी भइरहेको छ, यसैमा सन्तुष्ट पनि छु।

काठमाडौँका व्यापारीले तनहुँमा उत्पादित अधिकांश सुन्तला लैजाने गरेका छन् । व्यापारीहरु सुन्तला खरिदका लागि बगैँचासम्म पुग्ने गरेका छन् । यहाँको सुन्तला काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा पनि बिक्री हुने गरेको छ । यसका साथै किसानका अनुसार जिल्लाकै दुलेगौडा, दमौली, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको छ। 

  • न्युज बहार संवाददाता

थप