जेठ २, अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडे अहिले टमाटर खेतीबाट मनग्य आम्दानी गर्दै छन। उनले अहिले हाइटेक प्रविधिभित्र एक हजार ८०० बोट टमाटर लगाएकाछन्।
उक्त बोटमा टमाटरहरु लटरम्मै र रातै भएर फलेको छन । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट रु सात लाख बराबरको टमाटर उत्पादन गर्ने गरेका छन। एउटा बोटमा झण्डै १५ केजी टमाटर फल्ने गरेको बञ्जाडे बताँउछन।
उनले दैनिक तीन-चार क्विन्टल जति टमाटर बेचिरहेका छन। उनि भन्छन टमाटरले बजार पनि राम्रो पाएको छ । बञ्जाडेले अहिले प्रतिकेजी रु ४० देखि ५० सम्म थोक मूल्यमा टमाटर र अरु तरकारी पनि गरी दैनिक रु १० हजारको तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरहेकाछन्।
बञ्जाडेले आफ्नो २५ रोपनी बारी र सात रोपनी खेतमा अन्नखेती गर्न छोडी तरकारी खेती गर्दै आएका हुन । उनले व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा रु १५/१६ लाख आम्दानी हुँदै आएको छन।
उनले गरेको देखेर अहिले सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ। पचास वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक समेत बनेका छन।
- न्युज बहार संवाददाता