Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

औपचारिक रूपमा व्यवसाय दर्ता गरि किवी खेती गर्ने कृषक ५६ प्रतिशत

  •   ३ वर्ष अघि | २३ माघ २०८०, मङ्लबार

माघ २३, काठमाडौँ । किवी खेतीमा संलग्न किसानमध्ये कोशी प्रदेशका ५६ प्रतिशत किसानले मात्र औपचारिक रूपमा व्यवसाय दर्ता गरएका छन् । ५६.३ प्रतिशत किसानले मात्र औपचारिक रूपमा व्यवसाय दर्ता गरेको नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले किवी विषयमा गरेको अध्ययन प्रतिवेदनले जनाएको छ । 

उक्त अध्ययन अनुसार माटो परीक्षण गरी किवी खेती प्रारम्भ गर्ने किसानको संख्या २९.९ प्रतिशत रहेको छ । अध्ययनमा बहुसंख्यक किसानहरुले माटो परीक्षण नगरी व्यवसाय गरेको पाइएको छ । 

सो अध्ययन कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको सम्भावना, अवस्था तथा चुनौतीहरुको विषयको जानकारीका लागि गरिएको थियो । उक्त अध्ययनका लागि पाँचथर, धनकुटा, इलाम र सोलुखुम्बु जिल्लालाई नमुनाको रूपमा छनोट गरिएका थियो भने १४४ जना नमुना कृषकहरुको किवी फर्मको स्थलगत भ्रमण गरी प्रत्यक्ष मौखिक वार्तामार्फत किवी खेतीको अध्ययन गरिएको थियो । 

अध्ययन क्षेत्रका ५ देखि १० वर्षको अवधिदेखि किवी खेतीमा संलग्न किसानको संख्या सबैभन्दा धेरै ५८.३ प्रतिशत रहेको पाइएको छ । सबैभन्दा कम १० देखि १५ वर्षको अवधिदेखि यस व्यवसायमा संलग्न किसान १९.५ प्रतिशत रहेको पाइएको छ ।

  • न्युज बहार संवाददाता

थप