असार ३०, जुम्ला । जुम्ला जिल्लाको पातारासीमा ४० वटा भेडा बाख्रा मरेका छन। चट्याङ लागेर पातारासी गाउँपालिका-२ स्थित दुगाडा पाटनमा ५० भेडाबाख्रा मरेका हुन ।
यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले उक्त संख्यामा भेडाबाख्रा मरेका हुन भने ७० भेडाबाख्रा हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिएकी छिन।
चट्याङले आठ भेडा र ४२ बाख्रा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताएका छन। सो गाउँपालिकाका स्थानीय कृषक मिमबहादुर बोहोरा र कृष्ण ऐडीका भेडाबाख्रा चट्याङबाट मरेका हुन् ।
जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका जनाएको छ ।
- न्युज बहार संवाददाता