Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अमेरिकी अधिकारीहरूका अनुसार रूसले युक्रेनमाथि केही दिनमै भीषण आक्रमण गर्ने

  •   १ वर्ष अघि | २७ जेष्ठ २०८२, सोमवार

जेठ २६, काठमाडौँ । रूसले युक्रेनमाथि केही दिनमै भीषण आक्रमण गर्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।

शुक्रबार मात्र युक्रेनमाथि रूसले ४० वटा मिसाइल र ४०० भन्दा बढि ड्रोनहरू प्रयोग गरी हमला गरेको थियो।

रूसले उक्त हमलालाई युक्रेनले रूसी हवाई अड्डाहरुमा गरेको ड्रोन हमलाको जबाफ भनेको थियो।

गत आइतबार युक्रेनले रूसमा गरेको आक्रमण युद्ध सुरू भएको तीन वर्षयताकै ठूलो र साहसिक हमला दाबी गरिएको थियो। त्यतिबेला उसले रूसमा ११७ वटा मानवरहित ड्रोनहरू विभिन्न हवाई अड्डाहरूमा खसालेको थियो।

युक्रेनको उक्त हमलालाई रुसले 'आतंकवादी हमला' भनेको थियो।

त्यसको पाँचौं दिनपछी युक्रेनलाई जबाफ दिँदै उसले ठूलो हमला गरेको थियो।

  • न्युज बहार संवाददाता

थप