Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि कोप–२८ सम्मेलन सुरु

  •   ३ वर्ष अघि | १४ मंसिर २०८०, बिहिबार

मंसिर १४, काठमाडौँ । आजदेखि २८औँ सम्मेलन (कोप–२८) सुरु हुँदैछ ।

यो सम्मेलन जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ गरिएको हो ।  

आज देखी सुरु भएको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा सयचालन हुने छ ।

जलवायु सङ्कटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको  र मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको यस समयमा यो सम्मेलन हुन लागेको छ । 

 कोप–२८ को अध्यक्षता युएईले गरेको छ भने जलवायु सम्मेलन जलवायु प्रतिबद्धतामा कार्य गर्न र जलवायु परिवर्तनको नराम्रो प्रभावलाई रोक्नका लागि एक निर्णायक क्षण रहेको छ। 

  • न्युज बहार संवाददाता

थप