चैत २४, काठमाडौं । आईपीएल- इन्डियन प्रिमियर लिग २०२३ को बुधबार भएको खेलमा शार्दुल ठाकुरले शानदार ब्याटिङ अनि स्पीनरहरुले घातक बलिङ गरेपछि कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई फराकिलो रनले पराजित गरेको छ। केकेआरले आरसिबीलाई ८१ रनले पराजित गरेको छ ।
बिहीबार इडन गार्डेन घरेलु मैदानमा जित निकाल्ने क्रममा कोलकाताका लागि शार्दुलले आक्रामक ब्याटिङ गर्दै २९ बलमै ६८ रन बनाएका हुन । बलिङमा वरुण चक्रवर्तीले ४ तथा यसै खेलबाट डेब्यु गरेका सुयास शर्माले ३ र सुनिल नारिनले २ विकेट लिएका थिए ।
कोलकाताले यो सिजनको पहिलो जितपछि दुई खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा मुम्बईलाई हराएको बेंगलोरको भने यो पहिलो हार हो । अंक तालिकामा बेंगलोरको पनि २ अंक रहेको छ।
- न्युज बहार संवाददाता