Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आइपिएल २०२३ मा लखनउ सुपरजायन्टको रोयल च्यालेन्जर्स बेंग्लोरमाथि १ विकेटको रोमाञ्चक जित।

निकोलास पूरनले बनाए १५ बलमा अर्धसतक।

  •   ३ वर्ष अघि | २८ चैत्र २०७९, मङ्लबार

चैत २८, काठमाडौँ। इण्डियन प्रिमिएर लिग (आइपिएल) २०२३ मा लखनउ सुपरजायन्टले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ।

सोमबार राति बेंगलुरुमा भएको खेलमा पहिले ब्‍याटिङ गरेको बेंग्लोरले २ विकेटको क्षतिमा २१२ रनको फराकिलो लक्ष्य जोडेको थियो। आरसिबीका लागि विराट कोहलीले ६१ रन जोड्दा कप्तान फाप डु प्लेसिसले नटआउट ७९ रन बनाएका थिए। साथै ग्लेन म्याक्सवेलले ५९ रनको योगदान दिएका थिए। 

२१३ रन फराकिलो लक्ष्यलाई लखउनले अन्तिम बलमा ९ विकेट गुमाएर पार गरेको हो।

लखनउका लागि मार्कस स्टोइनिसले ६५ रन जोडे भने १५ बलमा अर्धशतक प्रहार गरेका निकोलास पूरनले ६२ रन बनाएका हुन। पूरनले १९ बलमा ४ चौका र ७ छक्का प्रहार गरेर टिमलाई जिताउन सफल भए। 

यो जित सँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको लखनउले चार खेलबाट ६ अंक बनाएको छ।

  • न्युज बहार संवाददाता

थप