वैशाख २३, काठमाडौँ । वर्षको सबैभन्दा ठुलो फेसन नाइट, मेट गाला २०२५ मा बलिउड अभिनेता शाहरुख खानले आफ्नो डेब्यू गरेका छन् । शाहरुख मेट गालामा भाग लिने पहिलो भारतीय पुरुष अभिनेता बनेका मिडिया रिपोर्टले जनाएको छ ।
भारतबाट शाहरुखका अलावा अभिनेत्री कियारा आडवाणी र दिलजीत दोसांझले पनि मेट गालामा सहभागी जनाएका थिए । भारतीय डिजाइनर गौरव गुप्ताले लगाएको गाउनमा कियारा आडवाणी देखिएकी थिइन् ।
- न्युज बहार संवाददाता