असार १२, काठमाडौँ । अर्जेन्टिना कोपा
अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । साविक विजेता समेत रहेको अर्जेन्टिना २०२४ को
नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको हो ।
बुधबार
भएको खेलमा लाउटारो मार्टिनेजको निर्णायक गोलले चिलीलाई १-० ले पराजित गर्दै
अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
लगातार
दुई खेल जित्दै समूह ए मा ६ अंक जोडेको अर्जेन्टिनाले एक खेल अगावै नकबउट चरणमा
स्थान पक्का गरेको हो ।
- न्युज बहार संवाददाता