भदौं ५, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाक अनुसार आज दिउँसो गण्डकी प्रदेश, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश
र कर्णाली प्रदेशका
एक–दुई
स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी
आज बुधबार राति बागमती प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका
केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम
वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका
एक–दुई
स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाले
भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा हुन सक्ने बाढी, गेग्रान बहाव, पहिरो तथा भूक्षय जस्ता
प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
- न्युज बहार संवाददाता