साउन २८, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर अर्थात नेपाल नजिक अवस्थित रहेकले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज आइतबार दिउँसो देशभर पूर्ण बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सातै प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता