Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज शुक्रबारको मौसम : बागमती लगायत पाँच प्रदेशमा वर्षा

  •   २ वर्ष अघि | १८ जेष्ठ २०८१, शुक्रबार

जेठ १८, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभाव तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। अहिले कोशी प्रदेशको एकदुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज शुक्रबार दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश कोशी प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति  गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेश, का थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

  • न्युज बहार संवाददाता

थप