Breaking News
मैले एकपटक संसदमा बोल्न पाउनु पर्छ : गृहमन्त्री रवि लामिछाने    ||     जापानमा दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न    ||     भिटामिन डि समावेश भएका केही खानेकुराहरु    ||     घट्यो सुन र चाँदी दुबैको मुल्य    ||     उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका उपेन्द्र यादवले दिए राजिनामा    ||     सुन लुकाउने नयाँ तरिका, कपडामा सुनको लेपन लगाएर तस्करी    ||     रासायनिक विषादी छोडी जैविक विषादी तर्फ नयाँ अभ्यास गर्दै किसानहरु    ||     लगातार पाँचौँ जित हासिल गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लियो रोयल च्यालेन्जर्स बैंगलुरु    ||     आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ, अन्यको कति?    ||     तिन मौसम प्रणालीको संयुक्त प्रभाव, यी प्रदेशमा वर्षा हुने    ||    

मौसम: चार प्रदेशमा वर्षा , तराई क्षेत्रमा हावाहुरी

  •   २ हप्ता अघि | १६ बैशाख २०८१, आइतवार

बैशाख १६, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ । यसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।

आज आइतबार दिउँसो देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कर्णाली प्रदेश, कोशी प्रदेश का साथै पहाडी भूभागमा आंशिक बदली रहनुका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

  • न्युज बहार संवाददाता

थप