Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

नयाँ बर्षको पहिलो दिनको मौसम, आज वर्षाको सम्भावना छ?

  •   ४ महिना अघि | १ बैशाख २०८१, शनिबार

बैशाख १, काठमाडौँ । आज वर्ष १०८१ को पहिलो दिन । नयाँ वर्षको अवसरमा नेपालीहरूले एक आपसमा शुभकामना आदानप्रदान तथा घुमफिर गरेर मनाइरहेका छन् । तर आज टाढाको यात्रा तय गरेकाहरूलाई भने मौसमले चुनौती दिने देखिएको छ । किनकी मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यसको प्रभावले अहिले बिहानको समयमा कोशी प्रदेश, बागमती प्रदेश र मधेस  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

त्यसैगरी आज दिउँसो  देशको पहाडी भूभाग लगायत सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सफा रहने छ भने कोशी प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

महाशाखाका अनुसार आज राति भने गण्डकी प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

  • न्युज बहार संवाददाता

थप