फागुन २, काठमाडौँ । मौसम पूर्वानुमान
महाशाखाले हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको जनाएको
छ । महाशाखाका अनुसार आज दिउँसो पनि देशका अधिकांश पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा नै रहनेछ। देशभरको आज रातिको मौसम पनि सामान्यतया सफा रहने छ ।
तराईका केही भू–भागमा हुस्सु र कुहिरो बिहानीपख
लाग्ने सम्भावना रहेको हुनाले दैनिक स्वास्थ्य, जनजीवन, हवाई यातायात र सडकमा सामान्य प्रभाव
पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । अहिले तत्काललाई भने वर्षाको सम्भावना नदेखिएको पनि महाशाखाले जनाएको छ ।