चैत ९, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव
रहेको जनाएको छ। यसको
प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र गएको केही दिन यता देखि मध्यम
देखि सामान्य खालको वर्षा भइरहेको छ।
आज बिहिवार
दिउँसो पनि बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का खालको वर्षाको
सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य प्रदेशको पहाडी भूभागमा भने छिटफुट वर्षा
हुने सम्भावना रहेको छ।
आज
बिहिवार राति भने गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा चट्याङ्गसहित
क्षणिक वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता