Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजको मौसम अपडेटः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना।

  •   ३ वर्ष अघि | १६ जेष्ठ २०८०, मङ्लबार

जेठ १६, काठमाडौँ । देशमा अहिले स्थानीय वायुको साथै पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। स्थानीय वायुको साथै पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश  लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मंगलबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति भने कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ।

  • न्युज बहार संवाददाता

थप