फागुन ११,
काठमाडौँ
। अहिले देशभरिनै पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा
रहनेछ।
आज दिउँसो बागमती प्रदेश, प्रदेश एक, र गण्डकी प्रदेशका उच्च
पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनकारी
दिएको छ ।
प्रदेश एक र गण्डकीमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।
आज प्रदेश नं १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ। अन्य
प्रदेशमा भने तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।