फागुन
३०, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून
चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल देशको पहाडी भूभागमा
आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
देशका
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना बाहेक आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम
मुख्यतया सफा रहने छ ।
यसैगरी आज
राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली भइ बाँकी
भूभागमा मौसम सफा रहने छ । चार प्रदेश सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश
र कोशी प्रदेशको
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको महाशाखाले जनकारी गराएको छ ।
- न्युज बहार संवाददाता