जेठ ३०, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भू-भागमा
मनसुनी प्रणालीको प्रभावका साथै बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास
बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
यसको
प्रभावले बुधबार गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागमा
आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि मौसम मुख्यतया
सफा रहने छ।
आज कोशी
प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै
स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि
मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता