Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

आजको मौसम : आंशिक बदली रही हिमपातको सम्भावना

  •   २ हप्ता अघि | ३ मंसिर २०८०, आइतवार

मंसिर ३, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ भने गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राति भने लुम्बिनी प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिक बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप