कार्तिक
१५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कोशी प्रदेशमा
आंशिक बदली रहेको छ।
आज बुधबार
दिउँसो देशभर आंशिक बदली रही देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत
सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै महाशाखाले
आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ।
- न्युज बहार संवाददाता