मंसिर ६,
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको जनाएको छ । यसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी
भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आज बुधबार
दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक
बदली रही तिन प्रदेश गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा
हिमाली भूभागका एक–दुई
स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी
महाशाखाका अनुसार आज राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको
पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ।
- न्युज बहार संवाददाता